Monday, 5 August 2019

सफल्ताको साचो एक सानो कथा केहि उपदेशको साथमा। भाग २

एउटा मान्छे कहिँ बाट हिडिरहेको थियो , तब उस्ले सडकको किनारमा बादेको एक हात्तीलाई देख्यो र अचानक रोक्यो उस्ले देख्योकि हात्तिको एक खुट्टामा रस्सि बादिएको छ ,उसलाई यो कुराको ठुलो आशचर्य भयोकि हात्ती जस्तो विशाल जिव ,फलामको जंजिर को सट्टा बस एक सानो रस्सीले बादिएको छ। यो इस्पस्त छकि हात्तीले चायो भने त्यो रस्सिको बन्धन तोडेर जहाँ पनि जान सकथ्यो तर केहि कारणले हात्तीले त्यस्तो गरिरहेको थिएन , उस्ले छेउमानै बसिरहेको माउते लाई सोधे यो हात्ती किन सान्त संग बसिरहेको छ ? र भाग्ने प्रयास किन गरिरहेको छैन ? 


तब माउतेले भने , यो हात्तीलाई सानो हुदादेखिनै यो रस्सिले बादिन्छ ,त्यो समय हात्तिको त्यति सक्ति हुदैनकि यसले यो बन्दन तोड्न सकोस, बारम बार प्रयास गर्दा पनि रस्सी तोड्न नसके पछि यसलाई बिस्तारै बिस्तारै यो विस्वास हुन्छकी, यस्ले यो रस्सी तोड्न सक्दैन र ठुलो हुदा पनि यसको यो विस्वास रहिरहन्छ ,यहि कारण यसले कहिले पनि यो रस्सी तोड्ने प्रयास नै गर्दैन मान्छे आसचर्यमा पर्यो , यो बलियो जनावर बस यो कारणले आफ्नो बन्दन तोड्न सक्दैन, किन भने यस्ले  बिस्वास गर्छ कि यसले यो गर्न सक्दैन।  यो हात्ती जसरीनै हामी मध्य कैयोऊ हरु आफ्नो पहिलो असफलता को कारण यो मान्छन कि अब हामी बाट यो काम हुदैन ,र आफैले बनाएको मानिसिक जन्जिरमा बाधियर पुरा जिन्दगी गुजार्छौ ,याद राख्नुहोस कि असफलता जीवनको एक हिस्सा हो, र निरन्तर प्रयास गर्यो भने मात्र सफलता पाईन्छ ,यदि तपाई पनि यस्तो कुनै बन्धन मा बाधिनु भएको छ जसले तपाईको सपना पुरा गर्न रोक्दै छ भने तेस्लाई तोड्नुहोस। 




No comments:

Post a Comment