Monday, 5 August 2019

सफल्ताको साचो एक सानो कथा केहि उपदेशको साथमा। भाग २

एउटा मान्छे कहिँ बाट हिडिरहेको थियो , तब उस्ले सडकको किनारमा बादेको एक हात्तीलाई देख्यो र अचानक रोक्यो उस्ले देख्योकि हात्तिको एक खुट्टामा रस्सि बादिएको छ ,उसलाई यो कुराको ठुलो आशचर्य भयोकि हात्ती जस्तो विशाल जिव ,फलामको जंजिर को सट्टा बस एक सानो रस्सीले बादिएको छ। यो इस्पस्त छकि हात्तीले चायो भने त्यो रस्सिको बन्धन तोडेर जहाँ पनि जान सकथ्यो तर केहि कारणले हात्तीले त्यस्तो गरिरहेको थिएन , उस्ले छेउमानै बसिरहेको माउते लाई सोधे यो हात्ती किन सान्त संग बसिरहेको छ ? र भाग्ने प्रयास किन गरिरहेको छैन ? 


तब माउतेले भने , यो हात्तीलाई सानो हुदादेखिनै यो रस्सिले बादिन्छ ,त्यो समय हात्तिको त्यति सक्ति हुदैनकि यसले यो बन्दन तोड्न सकोस, बारम बार प्रयास गर्दा पनि रस्सी तोड्न नसके पछि यसलाई बिस्तारै बिस्तारै यो विस्वास हुन्छकी, यस्ले यो रस्सी तोड्न सक्दैन र ठुलो हुदा पनि यसको यो विस्वास रहिरहन्छ ,यहि कारण यसले कहिले पनि यो रस्सी तोड्ने प्रयास नै गर्दैन मान्छे आसचर्यमा पर्यो , यो बलियो जनावर बस यो कारणले आफ्नो बन्दन तोड्न सक्दैन, किन भने यस्ले  बिस्वास गर्छ कि यसले यो गर्न सक्दैन।  यो हात्ती जसरीनै हामी मध्य कैयोऊ हरु आफ्नो पहिलो असफलता को कारण यो मान्छन कि अब हामी बाट यो काम हुदैन ,र आफैले बनाएको मानिसिक जन्जिरमा बाधियर पुरा जिन्दगी गुजार्छौ ,याद राख्नुहोस कि असफलता जीवनको एक हिस्सा हो, र निरन्तर प्रयास गर्यो भने मात्र सफलता पाईन्छ ,यदि तपाई पनि यस्तो कुनै बन्धन मा बाधिनु भएको छ जसले तपाईको सपना पुरा गर्न रोक्दै छ भने तेस्लाई तोड्नुहोस। 




Saturday, 3 August 2019

खुशी दिनुहोस खुशी पाउनु हुनेछ सानो कथा केहि उपदेसको साथमा । भाग १

एक समय पचास जना को Group एक meeting मा हिस्सा लिदै थिए, meeting सुरु भएको केहि मिनेट बितेको थिएको कि  कार्यक्रम संचालक अचनाक रोकिए  । र सबै participants लाई एक ballon दिदै भने ,   तपाई सबैले यस ballon मा marker ले आआफ्नो नाम लेख्नुहोस  संचालकले भने अनुसार सबैले त्यस्तै गरे नाम लेखेको ballon लाई एक दोस्रो कोठामा राखी दिए ,संचालकले अब सबैलाई एक साथ त्यो कोठामा गएर पाच मिनट भित्र आफ्नो नामवाला ballon खोज्नको लागि भने     ।  सबै participants हतार हतार आआफ्नो नामवाला ballon खोज्न दौडिए र पागल जसरि आफ्नो नामवाला ballon खोज्न लागे तर त्यो भाग दौड मा कोहिले पनि आफ्नो नाम खोज्न सकेनन पाच मिनेट पछि सबैलाई बाहिर बोलाईयो   । 


जब तपाई अरुलाई उनीहरुको खुशी दिन सक्नुहुन्छ 


संचालकले सोधे अरे के भयो ? तपाई सबैको हात किन खाली छ ? के कसैले पनि आफ्नो नाम वाला ballon भेट्नु भएन ?  उत्तर आयो अह हामीले धेरै खोज्यॊ  तर जहिले पनि अरुकै नामवाला ballon हातमा लाग्यो , एक participants मायुस हुदै। संचालकले भने ठिक छ , तपईहरु एक चोटी फेरि त्यो कोठामा जानुहोस तर यो चोटी जस्को नामको ballon हातमा आउछ उस्को नाम पुकार्नुहोस, एक चोटी फेरी सबै participantsहरु त्यो कोठामा गए यो चोटी एक दम सान्त भएर गए त्यहाँ कुनै पनि भागदौड थिएन। सबैले एक आपसमा उनीहरुको नामको ballon दिए अनि ३ मिनेटमा बाहिर आए। अब संचालकले गम्बिर भएर भने ,वास्तबमा हाम्रो जिन्दगीमा पनि यहि चिज भईरहेको छ , हर कोहि यहाँ आआफ्नो जिन्दगी जिउदै छ, उसलाई अरुको केहि मतलब छैनकी उ अरुको कसरि सहयोग गर्न सक्छ। उ त बस पागल जसरि आफ्नो खुशि खोजिरहेको छ ,र धेरै खोज्दा पनि उसले केहि पाउदैन ,हाम्रो खुशी दुनियाको खुशीमा लुकेको छ, जब तपाई अरुलाई उनीहरुको खुशी दिन सिक्नु हुन्छ तब तपाईले आफ्नो खुशी पाउनुहुन्छ।