Monday, 5 August 2019
Saturday, 3 August 2019
खुशी दिनुहोस खुशी पाउनु हुनेछ सानो कथा केहि उपदेसको साथमा । भाग १
एक समय पचास जना को Group एक meeting मा हिस्सा लिदै थिए, meeting सुरु भएको केहि मिनेट बितेको थिएको कि कार्यक्रम संचालक अचनाक रोकिए । र सबै participants लाई एक ballon दिदै भने , तपाई सबैले यस ballon मा marker ले आआफ्नो नाम लेख्नुहोस संचालकले भने अनुसार सबैले त्यस्तै गरे नाम लेखेको ballon लाई एक दोस्रो कोठामा राखी दिए ,संचालकले अब सबैलाई एक साथ त्यो कोठामा गएर पाच मिनट भित्र आफ्नो नामवाला ballon खोज्नको लागि भने । सबै participants हतार हतार आआफ्नो नामवाला ballon खोज्न दौडिए र पागल जसरि आफ्नो नामवाला ballon खोज्न लागे तर त्यो भाग दौड मा कोहिले पनि आफ्नो नाम खोज्न सकेनन पाच मिनेट पछि सबैलाई बाहिर बोलाईयो ।
जब तपाई अरुलाई उनीहरुको खुशी दिन सक्नुहुन्छ
संचालकले सोधे अरे के भयो ? तपाई सबैको हात किन खाली छ ? के कसैले पनि आफ्नो नाम वाला ballon भेट्नु भएन ? उत्तर आयो अह हामीले धेरै खोज्यॊ तर जहिले पनि अरुकै नामवाला ballon हातमा लाग्यो , एक participants मायुस हुदै। संचालकले भने ठिक छ , तपईहरु एक चोटी फेरि त्यो कोठामा जानुहोस तर यो चोटी जस्को नामको ballon हातमा आउछ उस्को नाम पुकार्नुहोस, एक चोटी फेरी सबै participantsहरु त्यो कोठामा गए यो चोटी एक दम सान्त भएर गए त्यहाँ कुनै पनि भागदौड थिएन। सबैले एक आपसमा उनीहरुको नामको ballon दिए अनि ३ मिनेटमा बाहिर आए। अब संचालकले गम्बिर भएर भने ,वास्तबमा हाम्रो जिन्दगीमा पनि यहि चिज भईरहेको छ , हर कोहि यहाँ आआफ्नो जिन्दगी जिउदै छ, उसलाई अरुको केहि मतलब छैनकी उ अरुको कसरि सहयोग गर्न सक्छ। उ त बस पागल जसरि आफ्नो खुशि खोजिरहेको छ ,र धेरै खोज्दा पनि उसले केहि पाउदैन ,हाम्रो खुशी दुनियाको खुशीमा लुकेको छ, जब तपाई अरुलाई उनीहरुको खुशी दिन सिक्नु हुन्छ तब तपाईले आफ्नो खुशी पाउनुहुन्छ।
Subscribe to:
Comments (Atom)